२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माछा पालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

अ+ अ-

कैलाली । कैलाली गाउँपालिका–५ गोबरेलाका किसान सनोज चौधरीले माछा पालन व्यवसायबाट एक याममा रु दुई लाख ५० हजार बचत गर्दै आएका छन् ।  

करिब दश कट्ठा क्षेत्रफलमा व्यावसायिक रूपमा माछा पालन व्यवसाय गर्दै आएका उनले एक याममा रु १३ लाख बराबरको माछा बिक्री हुने जानकारी दिए । उनका अनुसार सबै खर्च कटाएर रु दुई लाख ५० हजार बचत हुन्छ ।

खेती किसानीसँगै केही नयाँ काम गरौँ भन्ने योजनाले माछा पालन व्यवसाय सुरु गरेको चौधरीले बताए । “व्यवसायको सुरुवातमा कामको कुनै अनुभव थिएन । व्यवसायमा नयाँ थिएँ, त्यसैले सुरुका वर्षमा पोखरीमा माछा मरेर क्षति व्यहोर्नु परेको थियो”, उनले भने, “पछि बिस्तारै व्यवसायप्रति अनुभव बटुल्दै गएपछि अहिले मनग्य आम्दानी हुँदै गएको छ, जीविकोपार्जनका लागि कुनै समस्या छैन ।”

चौधरीका अनुसार अहिले पोखरीमा पङ्गासेस, कमन कार्प, ग्रास, रहुँ जातका माछा छन् । माछा होलसेलमा प्रतिकिलो रु २५० र फुटकरमा प्रतिकिलो ३०० मा बिक्री हुने उनले जानकारी दिए ।

माछा बिक्रीका लागि बजारको समस्या नभए पनि अवैध रूपमा भारतीय माछा भित्रिने गरेकाले बिक्री दरमा वृद्धि हुन नसकेको चौधरीले गुनासो गरे । भारतबाट आयात भएका माछाको मूल्य होलसेलमा प्रतिकिलो रु २२० र फुटकरमा प्रतिकिलो २८० मा बिक्री हुने भएकाले स्थानीय उत्पादनको बिक्रीमा केही कठिनाइ हुने उनको अनुभव छ । 

उत्पादित माछा धनगढी, टीकापुर र केही स्थानीय बजारमा बिक्री हुने चौधरीले बताए । माछापालनका लागि सुरुमा पोखरी निर्माण गर्दा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट रु १० हजार प्रतिकट्ठाका दरले रु एक लाख तथा कैलाली गाउँपालिकाबाट रु ५० हजार बराबरको बोरिङसहित पानी तान्ने मोटर र जाल अनुदानमा प्राप्त भएपछि व्यवसाय सञ्चालनमा सहज भएको व्यवसायी चौधरीले जानकारी दिए ।

पछिल्लो समय भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तथा स्थानीय सरकारले व्यावसायिक कृषिमा आबद्ध हुन चाहने किसानलाई अनुदान सहयोग गर्न थालेपछि गोबरेलामा व्यावसायिक रूपमा माछा पालन गर्ने किसानको संख्या बढ्दै गएको केन्द्रले जनाएको छ ।