काठमाडौँ । कास्की जिल्लामा क्रियाशील नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्षसहित ठूलो संख्यामा नेताकार्यकर्ता नेकपा (एमाले) मा आबद्ध भएका छन्।
एमाले कास्की जिल्ला कमिटीले आयोजना गरेको ‘घर फर्क’ शीर्षकको कार्यक्रममार्फत तत्कालीन नेकपा एस कास्कीका उपाध्यक्ष झविन्द्रराज रेग्मी नेतृत्वको समूह एमालेमा प्रवेश गरेको हो।
एमाले कास्कीका अनुसार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका भाइ शिवराज आचार्यसहित तीन सयभन्दा बढी नेता तथा कार्यकर्ता उक्त कार्यक्रममा एमालेमा समाहित भएका छन्।
नवप्रवेशीहरूलाई एमालेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारीले पार्टीमा स्वागत गरेका थिए।







