काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले क्लिनिकल रजिस्ट्रार पदका लागि आवेदन माग गरेको छ ।
अस्पतालले आज एक सूचना जारी गर्दै करार सेवामा पाँच जना क्लिनिकल रजिस्ट्रार माग गरेको हो ।
अस्पतालका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्नको लागि एनेस्थेसियोलोजी दुई जना, क्रिटिकल केयर मेडिसिन दुई जना र दन्त चिकित्सा पदमा एक जना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले माघ २६ गते कार्यालय समय ५ बजेभित्र त्रि.वि. शिक्षण अस्पतालको माछापुच्छ्रे बैंकको खाता नं. ०३९०९९४११३५०००१९ मा परीक्षा दस्तुर बापत रु.२,५०००।-(दुई हजार पाँच सय) जम्मा गरेको सक्कल भौचरसहित आवेदन फाराम भर्नु पर्ने सूचनामा भनिएको छ ।
हेर्नुहोस् सूचना :








