१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व कार्यालय जनकपुरद्वारा पुसमा ७३ करोड ३१ लाख राजस्व संकलन

अ+ अ-

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय जनकपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनामा तोकिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयको तथ्यांक अनुसार पुस महिनाका लागि ६२ करोड ९७ लाख राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ७३ करोड ३१ लाख संकलन भएको हो । जुन लक्ष्यको ११७ प्रतिशत रहेको राजश्व कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म जम्मा २ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म २ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ अर्थात् करिब ९० प्रतिशत राजस्व संकलन भएको हो ।

गत आर्थिक वर्ष २०८१–०८२ को पुस मसान्तसम्म २ अर्ब १३ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष २२ करोड रुपैयाँले वृद्धि भएको हो ।

गत वर्षको तुलनामा यस आर्थिक वर्षमा कार्यालयको कार्यक्षेत्र धनुषा जिल्ला र महोतरीका केही पालिकामा मात्र सीमित रहे पनि राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको बताइएको छ ।

गत आर्थिक वर्षमा कार्यालयको कार्यक्षेत्र धनुषा, महोतरी, सर्लाही र सिन्धुलीसम्म थियो । तर, चालु आर्थिक वर्षको साउनदेखि करदाता सेवा कार्यालय बर्दिबास आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति भएपछि कार्यक्षेत्र घटाइएको हो ।

आर्थिक ऐन २०८२ ले व्यवस्था गरेका छुट तथा सुविधाको व्यापक प्रचार-प्रसार, करदातासँग नियमित सम्पर्क, बक्यौता रकम असुलीमा कडाइ, बजार अनुगमन, करको दायरा विस्तार र कर शिक्षा कार्यक्रमले राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको कार्यालयको भनाई छ ।

कार्यालयका अनुसार जेन जेड आन्दोलनपछि आर्थिक गतिविधि बढेसँगै राजस्व संकलनमा समेत वृद्धि भएको छ।