२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अत्यावश्यक उपभोग्य वस्तुको मूल्य नियन्त्रणका लागि बजार अनुगमन तीव्र

अ+ अ-

काठमाडौँ । पछिल्लो समय खानेतेल, चामल, ग्यासलगायत दैनिक आवश्यकताका वस्तुमा असामान्य मूल्यवृद्धि र आपूर्ति अभाव देखिन थालेपछि सरकारले यसप्रति गम्भीर चासो व्यक्त गरेको छ। सो अवस्थालाई सम्बोधन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार नियमनका गतिविधि थप सक्रिय बनाएको जनाएको छ।

विभागले बुधबार सार्वजनिक गरेको सूचनामार्फत उपभोक्ता तथा सञ्चारमाध्यमबाट प्राप्त गुनासालाई आधार मानेर अनुगमन कार्य तीव्र पारिएको जानकारी दिएको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार गुणस्तरीय वस्तु र सेवा उपलब्ध गराउने दायित्वप्रति विभाग प्रतिबद्ध रहेको पनि स्पष्ट गरिएको छ।

मूल्यवृद्धि नियन्त्रणका उपायस्वरूप विभागले खाद्यान्न, खानेतेल तथा ग्याससँग सम्बन्धित प्रमुख उत्पादक, आयातकर्ता र वितरकहरूसँग छलफल गरेको जनाएको छ। उक्त छलफलपछि अनुचित नाफा लिन नपाइने, अत्यधिक बढाइएका मूल्य तत्काल समायोजन गर्नुपर्ने तथा उपभोक्तालाई राहत पुग्ने व्यवस्था गर्न निर्देशन दिइएको विभागको भनाइ छ।

बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउने उद्देश्यले विभागले सम्बन्धित निकायसँग सहकार्य गरी संयुक्त अनुगमन सञ्चालन गरिरहेको जनाएको छ। अनुगमनका क्रममा प्रचलित कानुन उल्लङ्घन गर्ने केही व्यवसायिक फर्ममाथि जरिबाना र अन्य दण्डात्मक कारबाहीसमेत गरिएको जानकारी दिइएको छ।