२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संसद् विघटनले विधायन प्रक्रिया प्रभावित’ : मन्त्री सिन्हा

अ+ अ-

काठमाडौँ ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले संविधान जारी भएयता संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् । 

राष्ट्रिय सभाको आजको बैठकमा सांसद मदनकुमारी साह (गरिमा) को प्रश्नको जवाफ दिँदै मन्त्री सिन्हाले संविधान अनुकूल र संघीय प्रणालीअनुसार कानुन सुधार निरन्तर जारी रहेको सभालाई जानकारी दिए । 

उनका अनुसार संविधान जारी भएपछिको वर्षहरूमा हालसम्म १४६ वटा छुट्टाछुट्टै ऐन जारी भइसकेका छन । मौजुदा कानुनलाई संविधान र संघीय शासन प्रणाली अनुकूल बनाउन विभिन्न मितिमा केही नेपाल ऐन संशोधन गर्ने ऐनहरूमार्फत व्यापक सुधार गरिएको उनले सभामा चर्चा गरे । 

मौलिक हक कार्यान्वयनका लागि संविधान बमोजिम आवश्यक १६ वटा मौलिक हकसम्बन्धी ऐन २०७५ असोज २ मै जारी भइसकेको छ । ती ऐन कार्यान्वयनका लागि आवश्यक नियमावली तयार भइसकेको मन्त्री सिंन्हाले जानकारी गराए। आवासको अधिकारसम्बन्धी ऐनलगायत अन्य केही ऐन कार्यान्वयनका लागि भने आवश्यक नियमावली अझै सम्बन्धित मन्त्रालयमा मस्यौदा चरणमै रहेको उनको भनाइ छ । 

विधेयकको वर्तमान अवस्थाबारे जानकारी दिने क्रममा उनले संसद् विघटनका कारण ३० वटा विधेयक निष्क्रिय भएको बताए। साथै विधायन ऐन, २०८१ जारी भएपछि संघीय संसद्मा पेस गरिने १२१ वटा विधेयकको प्राथमिकता क्रमसहित सूची २०८२ असार ३२ गते पेस गरिएको भए पनि प्रतिनिधि सभा विघटनका कारण धेरै विधेयकको मस्यौदा कार्य अघि बढ्न नसकेको जानकारी दिए।

प्रत्यायोजित विधायन ऐन, २०८१ अनुसार निर्देशिका, कार्यविधि र नियमावली दर्ताका लागि चैत २ गतेसम्मको समयसीमा तोकिएको छ । तोकिएको अवधिभित्र दर्ता नभएमा ती प्रत्यायोजित विधायन पुनर्लेखन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको मन्त्री सिंन्हाले बताए। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार संघीय स्तरमा ३५५ वटा ऐन, ३२५ वटा नियमावली, ६६ वटा गठन आदेश, १३४ निर्देशिका, २५० कार्यविधि निर्माण भएको मन्त्री सिन्हाले जानकारी दिए ।