काठमाडौँ । संखुवासभाको पाँचखपनबाट सातजना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।
पाँचखपन नगरपालिका-६ वाना बजारमा सोमबार दिउँसो करिब ४ बजेतिर जुवातास खेलिरहेको अवस्थामा सातजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गोप्य सूचनाको आधारमा जुवातास खेलिरहेका सातजनालाई नियन्त्रणमा लिई तीन बुक तास, पाँच लाख १३ हजार ३५० रुपैयाँ नगद बरामद गरेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिएका व्यक्ति र बरामद सामग्रीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याई अनुसन्धान भइरहेको छ।







