२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्यान्नमा मिसावटका अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दा

अ+ अ-

बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा संकलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा ती व्यवसायीविरुद्ध मुद्दा दायर गर्न लागेको हो । 

कार्यालय प्रमुख बिनिता पोखरेलका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा गरिएको अनुगमन तथा संकलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गर्न अनुसन्धान भइरहेको छ । “कैफियतका आधारमा सरकारी वकिल कार्यालयहरूसँग समन्वय गरी मुद्दाको अनुसन्धान गरिरहेका छौँ”, उनले भनिन्, “जेन जेड आन्दोलनका कारण अदालतमा मुद्दा दर्ता हुन सकेको छैन, अब केही दिनभित्रै हामी मुद्दा दायर गर्छौँ ।” उक्त कार्यालयले अघिल्लो आव २०८१/८२ मा ४४ जना व्यापारीविरुद्ध मुद्दा दायर गरेको थियो । 

अनुगमनका क्रममा संकलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट गर्ने, म्याद गुज्रेको सामान बिक्री गर्ने व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाका जिल्ला अदालतमा मुद्दा दायर गरिने प्रमुख पोखरेलले जानकारी दिइन्। आव २०८२र८३ को हालसम्म सो कार्यालयले २४५ नमूना विश्लेषण गर्दा २०० खानयोग्य र पाँच वटा होल्डमा राखिएको प्रमुख पोखरेलले बताइन्।

सो अवधिमा ३६५ नमूना परीक्षण गर्दा १६ नमूना प्रतिकूल देखिएकाले नियमानुसार कानुनी प्रक्रिया अघि बढाउने, पुन: जाँच गराई मापदण्डअनुरूप सुधार गर्न लगाउने तथा व्यवसायीलाई सजग गराई प्रतिबद्धता गर्न लगाइएको प्रमुख पोखरेलको भनाइ छ ।

सो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेबल विवरण नभएका, सडेगलेकालगायत अखाद्य भएका रु एक लाख दुई हजार २६५ मूल्य बराबरको ३११ किलो वस्तुहरू जफत गरी नष्ट गरिएको प्रमुख पोखरेलको भनाइ छ ।

हालसम्म १२१ खाद्यान्न बजार, १०० खाद्य तथा दाना उद्योग र ५६ वटा होटल तथा रेष्टुराँको निरीक्षण अनुगमन गरिएको जनाएको छ । सो कार्यालयले चालु आव २०८२र८३ को हालसम्म विभिन्न शीर्षकमा रु १० लाख चार हजार ३७० राजस्व संकलन गरेको छ ।