२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाईभैँसी खरिद गर्न अनुदान

अ+ अ-

पर्वत । मोदी गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्न किसानलाई अनुदान दिने भएको छ ।

आर्थिक अभावका कारण व्यवसाय सुरु गर्न नसकेका तथा  निरन्तर व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्न अनुदान वितरण गरिने भएको हो । गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर गराउँदै व्यावसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले यस वर्षदेखि गाईभैँसी खरिदमा अनुदान दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिए । 

प्रशासकीय अधिकृत पुरीका अनुसार प्रति एक गाई वा भैँसी खरिद गर्ने किसानलाई रु २५ हजार अनुदान दिइने छ । कुनै सहकारी, सामूहिक वा व्यक्तिगत व्यावसायिक फार्म तथा पालिकाभित्रका जुनसुकै किसानले पनि अनुदान लिन सक्ने छन् । अनुदान लिन सम्बन्धित वडा कार्यालयको सिफारिस, तोकिएको निवेदन र परियोजना प्रस्ताव, नागरिकताको प्रतिलिपि, व्यवसाय सञ्चालनका लागि जग्गा करारमा लिएको कम्तीमा पाँच वर्षको सम्झौता पत्र वा जग्गाधनी पुर्जा उपलब्ध गराउनुपर्ने गाउँपालिका प्रकाशित सूचनामा उल्लेख छ ।

बढ्दो युवा पलायन, बाँदर आतंक, बजार अभावलगायत कारणले कृषि तथा पशुपालन व्यवसायमा लाग्ने किसानको सङ्ख्या न्यून हुँदै गएका बेला यसतर्फ आकर्षित गर्न यो कार्यक्रमबाट प्रोत्साहन मिल्ने मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताए। उनले गाईभैँसी खरिद गर्न माग बढ्दै गएमा अर्को वर्ष लगाइ बढाउँदै जाने बताए। 

पोखरा–बागलुङ सडक तथा अधिकांश वडा तहसम्म कालोपत्र सडकको पहुँच पुगेको मोदी गाउँपालिका कृषि तथा पशुपालनका लागि उर्वर भूमि मानिन्छ ।

अहिले पनि बाजुङ, देउपुर, भुकताङ्ले, तिलाहारलगायत स्थानका किसानले व्यावसायिक रूपमा गाईभैँसीपालन, कुखुरापलन तथा बाख्रापालन व्यवसाय गर्दै आएका छन् ।