२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हंसपुर नगर प्रमुख यादवप्रति मुख्यमन्त्रीसहित काँग्रेस नेताहरुद्वारा श्रद्धाञ्जली अर्पण

अ+ अ-

काठमाडौँ । हंसपुर नगरपालिकाका नगर प्रमुख तथा नेपाली काँग्रेस मधेश प्रदेशका कोषाध्यक्ष स्वर्गीय प्रदीप कुमार यादवप्रति काँग्रेसका केन्द्रीय तथा प्रदेशस्तरीय नेतृत्वले सम्मान प्रकट गरेका छन् । यादव मधेश प्रदेश नगरपालिका संघका अध्यक्षसमेत थिए ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री एवं नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवसहित काँग्रेस नेता विमलेन्द्र निधि, महेन्द्र यादव, उपसभापति चन्द्रशेखर यादव, महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठ, सहमहामन्त्री जय नारायण प्रसाद यादवलगायत नेताहरू स्वर्गीय यादवको निजी निवासमा पुगेर पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

श्रद्धाञ्जलीका क्रममा नेताहरूले स्वर्गीय यादवले पार्टी संगठन र स्थानीय तहको विकासमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनलाई इमानदार, प्रतिबद्ध र जनआधारित नेतृत्वका रूपमा मूल्यांकन गरेका छन् ।

मुख्यमन्त्री यादवले स्वर्गीय यादवको निधनले नेपाली काँग्रेस, मधेश प्रदेश र स्थानीय सरकार प्रणालीले एक सक्षम तथा दूरदर्शी नेतृत्व गुमाएको उल्लेख गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

यसैबीच, नेपाली काँग्रेस मधेश प्रदेश कार्यसमितिको आकस्मिक बैठकले स्वर्गीय यादवको सम्मानमा शोक प्रस्ताव पारित गरेको छ । बैठकका निर्णय काँग्रेस नेताअनुसार मधेश प्रदेशका आठै जिल्लाका पार्टी कार्यालयहरू आज एक दिनका लागि बन्द राखिने, माघ २७ र २८ गते पार्टीको झण्डा आधा झुकाइने, शोक पुस्तिका राखिने तथा १३औँ दिन पुण्यतिथिमा प्रदेश पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा आयोजना गरिने जनाइएको छ । मधेश प्रदेशका आठै जिल्लाका पार्टी कार्यालयहरू आज एक दिनका लागि बन्द राखिने, माघ २७ र २८ गते पार्टीको झण्डा आधा झुकाइने, शोक पुस्तिका राखिने तथा १३औँ दिन पुण्यतिथिमा प्रदेश पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा आयोजना गरिने जनाइएको छ ।

काँग्रेस मधेश प्रदेश प्रचारप्रसार समितिका संयोजक नितिश गुप्ताका अनुसार स्वर्गीय यादवको अन्त्येष्टि आजै सम्पन्न गर्ने कार्यक्रम तय गरिएको छ ।