२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा आजदेखि ‘अर्थोकोन–२०२६’ सम्मेलन

अ+ अ-

बनियानी (झापा) । झापामा हाडजोर्नी चिकित्सकहरूको बृहत् सम्मेलन ‘अर्थोकोन–२०२६’ हुने भएको छ । नेपाल अर्थोपेडिक एसोसिएसनको ३१औँ वार्षिक सम्मेलनसँगै नेपाल, भारत, भूटान, बंगलादेशलगायत मुलुकका ५०० भन्दा बढी हाडजोर्नी चिकित्कसहरुको बृहत् सम्मेलन हुने भएको हो ।

बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष डा लक्ष्मी मैनालीले आजदेखि फागुन ४ गतेसम्म हुने सम्मेलनमा एक सय जनाभन्दा बढी हाडजोर्नीका अन्तरराष्ट्रिय चिकित्सक तथा नेपालका ४०० भन्दा बढी हाडजोर्नी चिकित्सकको बृहत् सहभागिता रहने बताए । ‘शिक्षा, नवप्रवर्तन र सहयोग’ भन्ने मूल नाराका हुने सम्मेलनले यहाँको स्वास्थ्य पर्यटनलाई प्रवर्द्धन गर्नाका साथै अर्थतन्त्रलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको उनको भनाइ छ ।

डा प्रेमबहादुर साहीले सम्मेलनबाट हाडजोर्नीका क्षेत्रमा भइरहेका नयाँ प्रयोग र सफलताका विषयमा बृहत्त् जानकारी दिन नयाँ र अनुभवी चिकित्सकहरूले गम्भीर विमर्श गर्ने बताए । यसले हाडजोर्नीका क्षेत्रमा नेपाली चिकित्सक वैज्ञानिकहरूले नवप्रवद्र्धनका क्षेत्रमा गरेका काम र तीनवटा प्रविधि/उपकरण प्रदर्शनी गरिने उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा डा निराजन पराजुलीले अन्तरराष्ट्रिय ख्यातिप्राप्त चिकित्सक आउने भएकाले विद्यार्थी र नयाँ चिकित्सकलाई कार्यक्रम उपयोगी हुने बताए । उनले सम्मेलनमा ‘साइन्टिफिक कोर्स’ र विभिन्न चिकित्कसहरूका कार्यपत्रमाथि चर्चा हुने जानकारी दिए।

नेपालका डाक्टरहरु चिकित्सा क्षेत्रमा नयाँ प्रविधि र नयाँ–नयाँ आविष्कार गर्न सक्षम भइसकेको भन्दै सम्मेलनले तिनको प्रचारप्रसारमा योगदान पुग्ने डा नागमणि सिंहको भनाइ थियो ।