२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी निर्वाचनमा प्रस्ताव गर्ने प्रतिज्ञा पत्रमा स्वास्थ्य सेवाको विषयलाई समावेश गर्न अनुरोध

अ+ अ-

काठमाडौँ । आगामी निर्वाचनमा नेपाली काँग्रेसद्वारा सार्वजनिक गरिने प्रतिज्ञा पत्रमा स्वास्थ्य सेवासम्बन्धी स्पष्ट र व्यवहारिक एजेन्डा समावेश गर्न आग्रह गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका अहेब अधिकृत तथा नेपाली काङ्ग्रेसनिकट नेपाल स्वास्थ्यकर्मी संघका पूर्व महासचिव दीपक मुडभरीसहितको टोलीले पार्टी नेतृत्वलाई यस्तो आग्रह गरेको हो।

मुडभरीका अनुसार पछिल्ला वर्षहरूमा नेपालको स्वास्थ्य सेवा पहुँचका हिसाबले विस्तार भए पनि गुणस्तर, समानता र दिगोपनका दृष्टिले अझै चुनौतीपूर्ण अवस्थामा रहेको छ। नसर्ने रोग, क्यान्सर, मिर्गौला तथा मानसिक स्वास्थ्य समस्याहरू तीव्र रूपमा बढ्दै गएका छन्। साथै, स्वास्थ्य जनशक्ति पलायन, महँगो उपचार सेवा, गुणस्तरहीन उपकरणको प्रयोग, असमान सेवा वितरण, सुशासनको कमी र कमजोर शासन प्रणालीका कारण नागरिकको स्वास्थ्य अधिकार प्रभावित भइरहेको छ।

संघीय संरचनाअनुसार स्थानीय, प्रदेश र संघीय तहबीच प्रभावकारी समन्वय, पारदर्शी व्यवस्थापन तथा दीर्घकालीन रणनीतिविना “सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा” को लक्ष्य हासिल गर्न कठिन हुने अवस्था देखिएको छ। त्यसैले लोकतान्त्रिक राजनीतिक दलहरूले स्पष्ट, व्यवहारिक र जनमुखी स्वास्थ्य एजेन्डा अघि सार्नु अपरिहार्य भएको उनले जोड दिएका छन्।

समृद्ध नेपाल र सबै अट्ने, स्वस्थ नेपालको लक्ष्य हासिल गर्न व्यवहारमा लागू हुने गरी स्वास्थ्य सेवाका विषयलाई प्रतिज्ञा पत्रमा समेटिनुपर्ने मुडभरीले बताएका छन्।

यी हुन् प्रतिज्ञा पत्रमा समेटिनुपर्ने स्वास्थ्यसम्बन्धी प्रमुख बुँदाहरू