२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

अ+ अ-

नवलपुर (नवलपरासी) । नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।

सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको छ । त्यस्तै शनिबार भएको खेलबाट लुम्बिनी प्रदेश र मधेश प्रदेश सेमिफाइलनमा पुगिसकेका छन् भने शुक्रबार भएको खेलबाट आयोजक गैँडाकोट मेयर्स ११ सेमिफाइलनमा पुगिसकेको थियो । लुम्बिनीले बागमतीलाई हराउँदै, मधेसले गण्डकीलाई हराउँदै तथा मेयर्स ११ ले कर्णालीलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

आज हुने सेमिफाइनलमा सुदूरपश्चिमले मधेस–प्रदेशको सामना गर्नेछ भने गैँडाकोट मेयर्स ११ ले लुम्बिनी प्रदेशको सामना गर्नेछ । सेमिफाइनल प्रवेशका लागि आइतबार भएको अन्तिम खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ६१ रनले हराउन सफल भयो । टस जितेर बलिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६० रनको योगफल तयार पारेको थियो ।

१६१ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोशी प्रदेशले १९ दशमलव १ ओभर खेल्दै १० विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सफल भयो । सुदूरपश्चिमको सेमिफाइनल यात्रका लागि आशिष तिरुवाले ४७ रनको योगदान दिए । तिरुवाले २८ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै टिमका लागि अघिल्लो यात्राको ढोका खोल्न महत्वपूर्ण भूमिका खेले । सुदूरपश्चिमका लागि टेक रावतले २४ बलमा दुई छक्का र तीन चौकासहित ३८, कप्तान किरन ठगुन्नाले २४ बलमा अविजित रहँदै दुई छक्का र एक चौकासहित २८, लोकेन्द्र चन्दले २५ बलमा तीन चौकासहित २० रनको योगदान दिए ।

यस खेलमा कोशी प्रदेशका ज्ञानेन्द्र श्रेष्ठले दुई तथा श्रवन किस्कु, रोहन शाह, कृतिक कमातले एक/एक विकेट लिन सफल भए । जवाफी ब्याटिङमा उत्रिएको कोशी प्रदेशका लागि कृतिक कमातले १७ बलमा एक छक्का र एक चौकासहित १९, गौरव कटवालले २५ बलमा एक छक्का र एक चौकासहित १८ रनको योगफल तयार पारे । त्यस्तै, कप्तान शाकिब हकले १९ बलमा १६, भूपाल दङ्गालले १८ बलमा १३ को योगदान दिँदा अन्य ब्याटरहरुले दोहोरो अंक जोड्न सकेनन् ।

कोशीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका कैलाश ऐर, सौर्य श्रेष्ठ र लोकेन्द्र चन्दले दुई/दुई विकेट लिए । आइतबारको खेलमा सुदूरपश्चिमका आशिष तिरुवा म्यान अफ दी म्याच घोषित भए । जिल्लाकै ठूलो धन राशिको राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सात प्रदेशबाट सात वटा तथा आयोजक एक गरी आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार पाउनेछन् । प्रतियोगिता आयोजक संस्था नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाका अनुसार प्रतियोगिताको म्यान अफ दी सिरिजले २५ हजार तथा उत्कृष्ट ब्याटर, बलर, फिल्डर एवम् किपरले १५ हजारका दरले पुरस्कार पाउने छन् ।

त्यस्तै, बेस्ट क्याच अफ दी टुर्नामेन्टले १० हजार एवम् प्रत्येक खेलको म्यान अफ दी म्याचले रु पाँच हजार र नव प्रतिभा खेलाडीलाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिने सापकोटाको भनाइ छ ।