२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दमक टावरलाई व्यावसायिक र आइटी हबका रूपमा विकास गरिएको ओलीको दाबी

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा आफ्नो निर्वाचन अभियानका क्रममा दमकमा निर्माण गरिएको टावरलाई भ्यूटावर नभई व्यावसायिक केन्द्रका रूपमा विकास गरिएको बताएका छन्।

सोमबार घरदैलो कार्यक्रममा मतदातासँगको संवादमा उनले उक्त टावरलाई नयाँ प्रकारको आइटी हबको रूपमा अघि बढाइएको उल्लेख गर्दै, केही व्यक्तिहरूले यसलाई नबुझेको कारण विरोध गरिरहेको बताएका हुन्।

ओलीका अनुसार, “यो भ्यूटावर होइन, व्यावसायिक कम्प्लेक्स हो। नयाँ खालको आइटी हबको रूपमा यसलाई विकास गर्न थालेका हौँ। नबुझ्ने मान्छेहरूले यसको आवश्यकता किन छ भन्छन्। यो व्यक्तिगत वा परिवारको बसोबासको लागि होइन, ठाउँको विकासका लागि बनाइएको हो।”

टावरलाई भविष्यमा दमकको पहिचान र विकासको प्रतीकको रूपमा प्रस्तुत गर्दै उनले दमकलाई चिनाउने र यसको विकासमा टावरले योगदान पुर्‍याउने झन्डाको रूपमा यसलाई लिइएको बताएका छन्।