२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२१ वटा सवारी साधनका ४० नमुना परीक्षण, सबै मापदण्ड अनुकूल

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा सञ्चालन गरेको नियमित निरीक्षण तथा बजार अनुगमनका क्रममा २१ वटा सवारी साधनबाट संकलित ४० वटा खाद्य नमुनाको परीक्षण गर्दा सबै नमुना मापदण्ड अनुकूल पाइएको जनाएको छ।

विभागका अनुसार राति र बिहान काठमाडौँको नागढुंगा नाका हुँदै भित्रिएका तथा उपत्यकाका विभिन्न फलफूल तथा तरकारी बजारमा बिक्री-वितरण भइरहेका सवारी साधनबाट नमुना संकलन गरिएको थियो।

अनुगमनका क्रममा काँक्रो, टमाटर, सिमी, बरेला, गाजर, भिन्डी, चिचिण्डो, काउली, बन्दाकोभी, ब्रोकाउली, फर्सी, हरियो मटरको कोसा, केरा लगायतका ताजा तरकारी तथा काँचो दूधको नमुना संकलन गरिएको विभागले जनाएको छ।

मोबाइल खाद्य प्रयोगशालामार्फत गरिएको प्रारम्भिक परीक्षण तथा प्रयोगशाला विश्लेषणका क्रममा संकलित सबै ४० नमुना खाद्य सुरक्षा मापदण्डअनुसार अनुकूल पाइएको उल्लेख गरिएको छ। परीक्षणका क्रममा तरकारीमा जैविक विषादी अवशेष र दूधमा स्टार्च तथा न्युट्रलाइजर जाँच गरिएको थियो।

विभागले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

पछिल्लो समय अनुगमन तथा कारवाहीलाई तीव्रता दिएसँगै उत्पादक तथा बिक्रेताहरूले गुणस्तरमा ख्याल राख्न थालेको पाइएको छ ।