२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाको सहनशीलता, रणनीतिक सीपले नेतृत्व र सैन्य उत्कृष्टतालाई प्रतिबिम्बित गरेको छ : बेलायती सेना

अ+ अ-

काठमाडौँ । ब्रिटिश सेनाका चिफ अफ स्टाफ, फिल्ड आर्मी मेजर जनरल कार्ल बोसवेल सीबीइले नेपाली सेनालाई गर्विलो इतिहास र उत्कृष्टताका लागि विश्वव्यापी प्रतिष्ठा भएको सैन्य संस्थान भन्दै प्रशंसा गरेका छन् ।

लन्डनस्थित नेपाली दूतावासमा २६३ औं नेपाली सेना दिवसका अवसरमा सोमबार आयोजित विशेष समारोहमा प्रमुख अतिथी बोसवेलले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा असाधारण योगदान पुर्‍याएकामा बेलायती सेनाले नेपाली सेनालाई उच्च सम्मान दिने बताएका थिए । नेपाली शान्ति सेनाहरूले अनुशासन, सहानुभूति र सबैभन्दा जटिल कामका लागि विश्वभर प्रशंसा पनि कमाएको उल्लेख गरे ।

मेजर जनरल बोसवेलले विश्व शान्ति र स्थायित्वमा नेपाली सेनाको योगदान असाधारण रहेको पनि जनाए ।
उनले संयुक्त अधिराज्यको वेल्समा आयोजित विश्वकै कठिन अभ्यास क्याम्ब्रियन पट्रोल एक्सरसाइज २०२५ मा नेपाली सेनाले स्वर्ण पदक जितेको प्रसंग उठाउंदै यसले नेपाली सेनाको सहनशीलता, रणनीतिक सीप, लचिलोपन र सर्वोच्च आदेशको नेतृत्व र सैन्य उत्कृष्टतालाई प्रतिबिम्बित गरेको पनि बताए ।

ब्रिटिश गोर्खा सैनिकहरू बहादुरी, वफादारी र व्यावसायिकताको उदाहरण बनेका उल्लेख गर्दै मेजर जनरल बोसवेलले दुई सेनाबीचको साझेदारी संयुक्त तालिम र शिक्षा, विपद् प्रतिक्रिया सहयोग, व्यावसायिक आदानप्रदान, शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय नियम–आधारित व्यवस्थाप्रति साझा प्रतिबद्धतामार्फत अगाडि बढेको पनि चर्चा गरे ।

बेलायत र नेपालले दुई शताब्दीभन्दा बढी समयदेखि संयुक्त तालिम, शिक्षा, विपद् व्यवस्थापन सहयोग, व्यावसायिक अनुभव आदानप्रदान, शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्बन्धका लागि साझा प्रतिबद्धतामार्फत निरन्तर अगाडि बढेका पनि जनाए । यो साझेदारी दिगो र स्थिर रहने पनि उनको भनाइ थियो ।