काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले अत्यन्तै जरुरी ठानेर सोविता गौतमलाई चितवन-३ बाट उम्मेदवार बनाएको दाबी गरेका छन् ।
चितवन–३ मा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले चितवनबाट भएको क्रान्तिलाई निर्णयमा बदल्नका लागि सोवितालाई उम्मेदवार बनाएको बताए ।
सोविता एउटा नाममात्रै नभई अहिलेको पुस्तालाई प्रेरणा दिने साहसी महिला भएको रविको भनाइ छ ।
साथै, सम्बोधनको क्रममा लामिछानेले यसपटक मत बदल्ने बेला आएको पनि बताए । यसपटक देश र जनताले जित्ने उनको भनाइ छ ।







