२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेसका प्रदेश प्रमुख कर्णद्वारा प्रजातन्त्र दिवसको शुभकामना

अ+ अ-

महेन्द्रनगर (धनुषा)। मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक मूल्य र मान्यता सुदृढ गर्न आह्वान गरेका छन् ।

शुभकामना सन्देशमा उनले निरंकुश जहानियाँ शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । विसं २००७ को क्रान्तिले स्थापना गरेको प्रजातन्त्रको जगमा उभिएर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको उल्लेख गर्दै उनले लोकतन्त्रलाई अझ समावेशी र जीवनमुखी बनाउन सबैको साझा प्रतिबद्धता आवश्यक रहेकामा जोड दिए ।

प्रदेश प्रमुख कर्णले मधेस बलिदानी भूमिको रूपमा सधैँ न्याय, समानता र पहिचानका पक्षमा अग्रपङ्क्तिमा उभिँदै आएको उल्लेख गर्दै प्रदेशको सांस्कृतिक विविधता र सामाजिक सद्भावलाई सुदृढ गर्दै समतामूलक समाज निर्माणमा एकताबद्ध हुन आग्रह गरे । 

आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउँदै उनले निर्वाचनमा विवेकपूर्ण र सक्रिय सहभागिता जनाउन सबैमा अनुरोध गरे । 

प्रदेश प्रमुख कर्णले लोकतन्त्रले दिएको अधिकारसँगै नागरिक दायित्वसमेत इमान्दारीपूर्वक पालना गर्नुपर्नेमा जोड दिए । उनले प्रजातन्त्र दिवसले आपसी सद्भाव, भ्रातृत्व र विकासको साझा संकल्पलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।