९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा.  शशांक कोइरालालाई दिइयो देउवा समूहको महाधिवेशनका लागि समिति बनाउने सम्पूर्ण अधिकार 

महाधिवेशन व्यवस्थापनका लागि आवश्यक १५ देखि २० वटा समिति गठन गर्ने अधिकार संयोजक कोइरालालाई दिइएको छ ।

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहले आगामी महाधिवेशनका लागि आवश्यक तयारी समिति गठन गर्ने सम्पूर्ण अधिकार महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई दिएको छ ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा बुधबार बसेको शीर्ष नेता, पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको नेता जितजंग बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतका अनुसार महाधिवेशन सञ्चालनका लागि व्यवस्थापन, स्वयंसेवक परिचालन र मञ्च व्यवस्थापनलगायत १५ देखि २० वटा समिति आवश्यक पर्ने भएकाले ती सबै समिति गठन गर्ने जिम्मेवारी कोइरालालाई दिइएको हो ।

बिहीबारसम्म समितिका संयोजक तोक्ने र त्यसपछि सम्बन्धित संयोजकले सदस्य चयन गरी महाधिवेशनको तयारी अघि बढाउने उनले बताएका छन् ।

बस्नेतले आफ्नो समूह नै आधिकारिक काँग्रेस भएको दाबी गर्दै आफूहरूमाथि अनुशासनको कारबाही गर्ने अधिकार कसैलाई नभएको बताएका छन् ।

बैठकपछि नेता कुन्दनराज काफ्लेले पनि रुख चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेको आफूलाई काँग्रेस होइन भनेर कारबाही गर्न नसकिने जिकिर गरेका छन् ।

पार्टीभित्र दुईवटा महाधिवेशन भइरहेको सन्दर्भ उल्लेख गर्दै काफ्लेले विशेष महाधिवेशन गर्ने पक्षले नै विवाद समाधानका लागि छलफलको नेतृत्व गर्नुपर्ने धारणा राखेका छन् ।

देउवा समूहले नियमित १५औँ महाधिवेशन भन्दै आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ ।

0 Comments