२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निषेधको प्रवृत्ति अन्त्य गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तय गरिएको निर्वाचनलाई स्वच्छ, मर्यादित र प्रतिस्पर्धात्मक बनाउन राजनीतिक दल तथा सरोकारवालालाई संयमता र सहकार्यका साथ अघि बढ्न आग्रह गरेको छ।

नेपाल पत्रकार महासंघ कोसी प्रदेशद्वारा विराटनगरमा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विगतका अनुभव स्मरण गर्दै निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको निषेधात्मक अभ्यासले लोकतान्त्रिक प्रतिस्पर्धालाई कमजोर बनाउने बताएका हुन्। उनले २०४८ सालको निर्वाचन सन्दर्भ उल्लेख गर्दै त्यतिबेला केही शक्तिहरूमाथि प्रचार तथा उम्मेदवारीमा लगाइएका अवरोधहरूले राजनीतिक वातावरणमा नकारात्मक प्रभाव पारेको उदाहरण प्रस्तुत गरे।

उनका अनुसार निर्वाचनमा सहभागी सबै राजनीतिक शक्तिले समान अवसर प्राप्त गर्नु र खुला रूपमा प्रतिस्पर्धा गर्न पाउनु नै वास्तविक लोकतान्त्रिक अभ्यास हो। पछिल्ला दिनहरूमा केही स्थानमा देखिएका निषेधसम्बन्धी प्रयासहरूलाई सम्बन्धित पक्षसँगको समन्वयमार्फत नियन्त्रण गरिएको जानकारी पनि उनले दिए। दलका नेतृत्वले कानुनविपरीत गतिविधि रोक्न र कार्यकर्तालाई अनुशासनमा राख्न थालेको प्रयासलाई सकारात्मक रूपमा लिइएको उनको भनाइ थियो।

प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सफल बनाउन सञ्चार क्षेत्रको भूमिका पनि महत्वपूर्ण रहने उल्लेख गरे। सञ्चारमाध्यमबाट प्रवाह हुने सामग्रीले ऐतिहासिक अभिलेखको रूप लिन सक्ने भएकाले जिम्मेवार र तथ्यपरक समाचार सम्प्रेषण गर्न उनले सञ्चारकर्मीहरूलाई आग्रह गरे।

उनले लोकतान्त्रिक प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने तथा सबै पक्षलाई अनुशासनको सीमाभित्र रहन प्रेरित गर्ने किसिमको पत्रकारिताले निर्वाचन प्रक्रियालाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।