२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४१ दलद्वारा चुनावी घोषणा पत्र सार्वजनिक 

अ+ अ-

काठमाडौँ । २१ फागुनको निर्वाचनका लागि विभिन्न ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र ल्याएका छन् ।

निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म ४१ वटा राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरी त्यसको जानकारी निर्वाचन आयोगमा गराएका हुन् ।

प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिने दलको संख्या ६७ छ । समानुपातिक तर्फ भने ६३ दलका उम्मेदवार रहेका छन् । यसमध्ये ४१ वटा राजनीतिक दलहरूले घोषणापत्र ल्याएका हुन् ।

निर्वाचन आयोगले यही फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोग वा निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन समेत दिएको थियो । तर, अझै पनि कैयन दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोग वा निर्वाचन कार्यालयमा पेस गरेका छैनन् ।

आयोगका अनुसार निर्वाचनको घोषणापत्रप्रति राजनीतिक दल तथा उम्मेदवारलाई नागरिकसमक्ष जबाफदेही बनाउने उद्देश्यले घोषणापत्र सार्वजनिक गर्न भनिएको हो ।

यससम्बन्धी व्यवस्था निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ मा पनि छ । आचारसंहिताको व्यवस्था बमोजिम निर्वाचनमा भाग लिएका राजनीतिक दलहरूलाई घोषणापत्र सार्वजनिक गरी तोकिएका निकायमा पेस गर्न भनिएको हो ।