२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुणस्तरीय तथ्यांकका लागि मुख्य प्रशिक्षक प्रशिक्षण प्रारम्भ

अ+ अ-

काठमाडौँ । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ राष्ट्रिय आर्थिक गणना २०८२ को पूर्वतयारी स्वरूप मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम प्रारम्भ भएको छ ।

जिल्ला आर्थिक गणना अधिकारी र गणकरसुपरिवेक्षक तालिम कार्यक्रमका लागि प्रशिक्षक तयार गर्ने तथा स्थलगत तथ्यांक संकलनको अनुगमनलाई सहजीकरण गर्ने उद्देश्य राखी यो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । उपप्रमुख तथ्यांक अधिकारी ढुण्डिराज लामिछानेले २०७५ सालको आर्थिक गणनाको अनुभवलाई पूर्ण रूपमा सदुपयोग गर्दै आगामी गणनालाई सफल पार्नुपर्ने दायित्व सबैमा रहेको बताए। यस पटकको गणनामा आधुनिक प्रविधिको प्रयोग स्वरूप इ सेन्ससलाई समेत समावेश गरिएको छ, जसले कार्यक्षमता र शुद्धता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
प्रशिक्षकहरूमा उच्चस्तरको जवाफदेहिता र विषयवस्तुको सही बुझाइ हुनुपर्नेमा कार्यक्रमले विशेष जोड दिएको छ । समानता र एकरूपता प्रशिक्षण सामग्रीको बुझाइमा देशभर एकरूपता ल्याउन र प्रभावकारी ढंगले तालिम प्रदान गर्न निर्देशन दिइएको छ ।

यस्तै, कार्यस्थलमा आउन सक्ने समस्याको पहिचान, समाधानका उपाय र सक्रिय सहभागिताका लागि प्रशिक्षकहरूलाई तयार गर्न लागेको तथ्यांक कार्यालयले जनाएको छ । तथ्या.कको गुणस्तर तालिमको गुणस्तरमा भर पर्ने भएकाले यसलाई गम्भीरताका साथ लिन आग्रह गरिएको छ । कार्यक्रममा प्रमुख तथ्यांक अधिकारी डा कमलप्रसाद पोखरेलले आर्थिक गणना केवल तथ्यांक संकलन मात्र नभई निर्णय प्रक्रियाका लागि नीति निर्माण गर्ने मुख्य आधार भएको उल्लेख गरे ।

देशको आर्थिक अवस्थाको यथार्थ चित्रण गर्न र बहुआयामिक विकासका योजना बनाउन यो गणना कोशेढुंगा सावित हुने प्रमुख तथ्यांक अधिकारी डा. पोखरेलको भनाइ थियो । साथै उनले गुणस्तरीय तथ्यांकले नै गुणस्तरीय योजना बन्ने भएको आर्थिक गणनाबाट आउने सहि तथ्यांकका लागि मुख्य प्रशिक्षक तालिमको महत्त्वपूर्ण भूमिका रहने कुरामा जोड दिए ।