काठमाडौँ । तत्कालीन नेकपा एकीकृत समाजवादी रामेछापका उपसचिव गणेशबाबु खड्का एमालेमा फर्किएका छन् ।
एमालेले सञ्चालन गरेको घर फर्क अभियान अन्तर्गत उनी फर्किएका हुन् ।
यसअघि तीर्थ श्रेष्ठसहितका नेता फर्किएका थिए । खड्कालाई एमाले केन्द्रीय नेता तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव ढुंगेलले मन्थलीस्थित पार्टी कार्यालयमा स्वागत गरेका छन् ।







