२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बस दुर्घटनामा १५ जना घाइते

अ+ अ-

गाईघाट (उदयपुर) । मदन भण्डारी सडक मार्गस्थित उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा२ख, ६२५७ नम्बरको ओखलढुङ्गे डिलक्स बस उदयपुरगढीको अँधेरीको गोलाइमा अनियन्त्रित भई सडकबाट तर खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले बताए। 

दुर्घटनामा घाइते हुनेहरूमा कटारी नगरपालिका–६ की ६० वर्षीया सोममाया परियार, ताप्ली गाउँपालिकाकी २० वर्षीया मोनिका मगर, ताप्लीकै १९ वर्षीया पवित्रा श्रेष्ठ, ७८ वर्षीय दलबहादुर तामाङ, १५ वर्षीय प्रेम तामाङ र १४ वर्षीय सुजन तामाङ तथा कटारीका २५ वर्षीय अनिल चौधरी रहेका छन् ।

यस्तै अन्य घाइतेमा त्रियुगा नगरपालिका–१२ की २१ वर्षीया रेविका बस्नेत र २० वर्षीया रेस्मा बस्नेत, उदयपुरगढी गाउँपालिकाका १० वर्षीय दिवश तामाङ रहेका छन् । घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।