२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जंगली बँदेललाई पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा

अ+ अ-

काठमाडौँ। सरकारले जंगली बँदेललाई पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ ।

 वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै जंगली बँदेललाई हानिकारक वन्यजन्तु घोषणा गरेको हो । 

कृषि हानिकारक वन्यजन्तु घोषणा भएसँगै जंगली बँदेलले निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्था आएमा तोकिएको सर्तको अधीनमा रही विनाअनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न पाइने भएको छ । 

यो सूचनाले दिएको सहजीकरणमा सानो जातको बँदेललाई भने नसमेट्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जङ्गली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानी नोक्सानी पुर्‍याएमा किसानले बँदेललाई धपाउन, लखेट्न वा पक्रन सक्ने छन् । 

बँदेल पक्रिएमा त्यसलाई सम्बन्धित राष्ट्रिय निकुञ्ज, शिकार आरक्ष, वन्यजन्तु आरक्ष वा वन कार्यालयमा बुझाउनु पर्ने भएको छ । सो क्रममा बँदेलको ज्यान गएमा भने वडाका एक प्रतिनिधि र ५ स्थानीयको रोहवरमा मुचुल्का उठाई गाड्न तथा तौलको आधारमा मूल्य तोकी सो रकम राजस्व खातामा दाखिला गरी वडाभित्र (व्यापारिक प्रयोजन बाहेक)प्रयोग गर्न सकिने गरी तोकिएको छ ।

यसको सबै जानकारी सम्बन्धित निकायलाई दिनुपर्ने छ । यसको विवरण तोकिएको निकायले राख्नु पर्ने छ । यद्यपि निकुञ्ज वा आरक्षण र वन क्षेत्रमा पसेर यस्ता जनावर मार्न, पक्रन वा लखेट्न निषेध गरिएको छ ।