२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान

अ+ अ-

काठमाडौँ। फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको क्रममा मकवानपुरमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा खटिन छनोट भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि मंगलबारदेखि मकवानपुर बहुमुखी क्याम्पसमा तालिम सञ्चालन गरिएको हो ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि निर्वाचन प्रशिक्षण तालिम आयोजना गरिएको हो । फागुन १४ गतेसम्म तालिम कार्यक्रम हुने छ ।

पहिलो दिन फागुन १२ गते मकवानपुरको कैलाश, राक्सिराङ, बागमती, इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए।

फागुन १३ गते मनहरी, बकैया, मकवानपुर गढी र भिमफेदी गाउँपालिकामा खटिने कर्मचारीका लागि प्रशिक्षण कार्यक्रम भइरहेको छ । फागुन १४ गते हेटौँडा उपमहानगरपालिकाभित्र खटिने कर्मचारीका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए।

जिल्लाको दस वटै स्थानीय तहमा खटिने ७६८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम दिइएको हो । पहिलो दिन पाँच वटा स्थानीय तहमा खटिने २६६ जना, दोस्रो दिन २३४ जना र तेस्रो दिन २६८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको हो । मुख्य निर्वाचन अधिकृत, सुरक्षा समितिका पदाधिकारी र स्रोत व्यक्तिले तालिममा प्रशिक्षण प्रदान गरिररेको छन् ।

प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार जिल्लाको १७६ मतदान स्थलमा रहेका छन् । ३७४ मतदान केन्द्रमा ३७४ जना मतदान अधिकृत र ३७४ सहायक मतदान अधिकृत खटिनु हुने छ । निर्वाचनका लागि १६ जना जगेडा कर्मचारी पनि राखिएको छ । यसैगरी एक मतदान केन्द्रमा मतदान अधिकृत र सहायक कर्मचारीसहित छ जनाका दरले दुई हजार २४४ जना र प्रतिमतदान केन्द्र औसतमा तीन जना स्वयंसेवकसहित एक हजार १२२ जना कर्मचारी खटिने भएको प्रदेश निर्वाचन अधिकारी ढकालले जानकारी दिए ।

निर्वाचनका लागि जिल्लामा तीन हजार ३६६ कर्मचारी खटिने भएका छन् । नियुक्ति भएर निर्वाचन तालिम पश्चात् फागुन १८ गतेभित्र निर्वाचन सामाग्रीसहित मतदान स्थल जाने कर्मचारीलाई पठाइने छ ।