२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा ५९ थान हातहतियार बुझाइयो

अ+ अ-

गलकोट (बागलुङ) । निर्वाचनको समयमा इजाजत प्राप्त हातहतियार नबुझाए हतियारको अनुमतिपत्र (लाइसेन्स)खारेज गरिने भएको छ । बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान हातहतियार बुझाइएका छन् ।

जिल्लामा अझै ८३ थान हातहतियार बुझाउन बाँकी रहेकाले अटेरी गर्नेको लाइसेन्स खारेज गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निजी हातहतियार बुझाउन आग्रह गरेअनुसार अहिलेसम्म ५९ थान हातहतियार जिल्ला प्रशासन कार्यालयमा बुझाइएको हो ।

बागलुङमा दर्तावाला मात्रै १४२ हतियार रहेकामा छन् । निर्वाचनको समयमा हुनसक्ने उच्छृङ्खल गतिविधि रोक्ने र शान्ति सुरक्षाका लागि इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिएकामा अहिलेसम्म ५९ थान लाइसेन्स प्राप्त भरुवा, ‘सट गन’लगायत हतियार प्राप्त भएको प्रमुख जिल्ला कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

निर्वाचनलाई मध्यनजर गर्दै गत माघ ८ गते बसको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लाभित्र विभिन्न व्यक्ति तथा समूहको नाममा रहेका सबै प्रकारका इजाजत प्राप्त हातहतियार र सोको खरखजाना बुझाउन सूचना जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न/गराउन जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो ।

प्रजिअ आचार्यका अनुसार निर्वाचन अघिसम्म हतियार बुझाउन पाइने बताए । उनले समयमा नबुझाएका हतियार निर्वाचनमा फेला परेमा लाइसेन्स रद्द गरिने जानकारी दिए। जिल्ला प्रशासनले इजाजत प्राप्त हातहतियार र विभिन्न काममा प्रयोग हुने गोलीगट्ठा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरीचौकीमा बुझाउन सूचना जारी गरेको थियो ।

प्रहरीले निर्वाचन लक्षित गरी चलाएको ‘सर्च अप्रेशन’मा ११५ थान अवैध हातहतियार बरामद गरेको थियो । एक सय १५ थान हतियार अवैध रूपमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।