२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन सुरक्षाबारे प्रहरी-सरोकारीबीच रणनीतिक अन्तरक्रिया सम्पन्न

अ+ अ-

काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सुरक्षा तयारीलाई केन्द्रमा राख्दै नेपाल प्रहरीले उच्चस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बुधबार काठमाडौँ स्थित प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको उपस्थिति रहेको थियो।

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल ले निर्वाचन अवधिमा सम्भावित जोखिम व्यवस्थापनका लागि उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्दै सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्य अपरिहार्य हुने धारणा व्यक्त गरे। उनले निर्वाचनलाई त्रासरहित वातावरणमा सम्पन्न गर्न सूचना सङ्कलन तथा विश्लेषणमा आधारित सुरक्षा रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए। विगत निर्वाचनको अनुभवबाट सिकाइ लिएर आगामी निर्वाचनमा अझ व्यवस्थित सुरक्षा योजना अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो।

प्रहरी महानिरीक्षक कार्कीले निर्वाचन स्वच्छ र सुरक्षित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षले जिम्मेवार ढङ्गले भूमिका निर्वाह गर्नुपर्ने बताए। अन्तरक्रियाबाट प्राप्त सुझाव र प्रतिक्रिया आगामी सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपयोगी हुने विश्वास उनले व्यक्त गरे। साथै अघिल्ला निर्वाचनका अनुभवको विश्लेषण गर्दै पूर्व तथा पश्चात् देखिन सक्ने चुनौती समाधानमा प्राप्त सुझाव सहयोगी हुने उल्लेख गरे।

उनका अनुसार विगतमा देखिएका कमजोरीहरूको समीक्षा गर्दै निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाइएको छ र सोहीअनुसार प्रहरी परिचालनलाई सुदृढ बनाइएको छ। निर्वाचन अवधिमा हुनसक्ने अवाञ्छित गतिविधि तथा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने निर्वाचन विरोधी क्रियाकलाप नियन्त्रण गर्न प्रहरी सक्रिय रूपमा निगरानी तथा कानुनी कारबाही प्रक्रियामा केन्द्रित भइरहेको पनि उनले जानकारी दिए।

कार्यक्रममा गृह मन्त्रालय का प्रवक्ता तथा सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव आनन्द काफ्ले ले निर्वाचन सुरक्षामा देखिन सक्ने जोखिमको सूक्ष्म मुल्यांकन गरी तदनुरूप कार्यान्वयन क्षमता बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले नेपाल प्रहरीले अवलम्बन गरेको सुरक्षा तयारी सकारात्मक रहेको उल्लेख गर्दै आवश्यक स्रोतसाधन उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताए।

यस अवसरमा प्रहरी प्रधान कार्यालय कार्य विभागका वरिष्ठ प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा ले निर्वाचन सुरक्षा तयारी, रणनीतिक योजना, जनशक्ति तथा भौतिक स्रोत व्यवस्थापन र सम्भावित चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए।

अन्तरक्रियामा पूर्व प्रहरी महानिरीक्षक, बहालवाला तथा अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा अन्य वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको थियो। आगामी निर्वाचनको तयारी सन्दर्भमा विगतमा सक्रिय भूमिका निर्वाह गरेका अनुभवी व्यक्तित्वहरूको अनुभव, व्यवहारिक ज्ञान र रणनीतिक सुझावलाई संस्थागत रूपमा समेट्दै सुरक्षा व्यवस्थालाई थप परिणाममुखी बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जनाइएको छ।