२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमुख्यमन्त्री शर्मा सांसदबाट पदमुक्त

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन् । साविक माओवादी केन्द्रबाट रुकुम पश्चिम क्षेत्र नम्बर १ (२)बाट प्रदेश सभा सदस्यमा २० हजार १ सय ६० मतसहित निर्वाचित शर्मा २७ पुस २०७९ देखि २१ चैत २०८० सम्म कर्णालीको मुख्यमन्त्री बनेका थिए । 

पछिल्लो समय पूर्वमुख्यमन्त्री शर्मा जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा लागेका थिए । प्रलोपामा लागेपछि  उनलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको जानकारी प्रदेश सभालाई गराएको थियो । नेकपा संसदीय दलले गरेको निर्णयका आधारमा कर्णाली प्रदेश सभा सचिवालयले बुधबार सूचना जारी गर्दै उनलाई सांसद पदबाट पदमुक्त गरेको औपचारिक जानकारी दिएको हो ।

सचिवालयका अनुसार शर्मालाई राजनीतिक दलसम्बन्धी ऐन-२०७३ को दफा ३४ को उपदफा (१)बमोजिम पार्टीबाट निष्कासन गरिएको पत्र दर्ता भएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार जुन दलबाट निर्वाचित भएको हो सोही दलले निष्कासनको सूचना प्रदेश सभामा जानकारी गराएपछि सांसद पद रिक्त हुने कानुनी व्यवस्था रहेको सचिवालयका कानुन अधिकृत मदन खड्काले बताए । उनका अनुसार अब कर्णाली प्रदेशसभा ३९ सदस्यीय बनेको छ ।