२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अंग परिवर्तनपछिको जटिलतालाई सम्बोधन गर्न छुट्टै नीतिको माग

अ+ अ-

काठमाडौँ । अंग परिवर्तन पछिको सङ्क्रमण र जटिलताहरुलाई सम्बोधन गर्न छुट्टै नीति, ऐन तथा कार्यक्रमको आवश्यकता औँल्याइएको छ ।

विशेषगरी लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय भित्रका यौन अंग परिवर्तन गरेका तथा यस्तो चाहना राखेकाहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका स्वास्थ्य प्रदायक निकायबाट प्रदान गरिने स्वास्थ्य सेवामा यौन अंग परिवर्तन पछिको सङ्क्रमण र जटिलताहरु सम्बोधन नभएको गुनासो गर्दै अलग नीति, ऐन तथा कार्यक्रमका माग गरेका हुन् ।

नेपाल परिवार नियोजन संघद्वारा नीलहीरा समाजसँगका सहकार्यमा बुधबार संको केन्द्रीय कार्यालय पुल्चोकमा आयोजित ‘हाम्रो समुदाय, हाम्रो उत्तरदायित्व’ विषयक कार्यक्रमका सहभागीले सरकारी स्वास्थ्य संस्थामा अलग ‘हर्मोनल क्लिनिक’ जरुरी रहेको बताएका हुन् । हाल ‘ट्रान्स जेण्डर’कति छन् भन्ने एकीन तथ्यांक छैन ।

“सरकारी अस्पतालमा ‘हर्मोनल क्लिनिक’को सुबिधा भएमा यौन अंग परिवर्तनपछिको आउने स्वास्थ्य समस्याको जोखिम कम हुने थियो । ‘हर्मोनल ब्यालेन्स’ नहुँदा ‘एञ्जाइटी’ हुने गर्दछ । कहिलेकाहीँ ‘इन्फेक्सन’समेत हुने गर्दछ । यस्ता समस्यालाई सम्बोधन गर्न ‘हर्मोनल क्लिनिक’ आवश्यक छ । ‘हर्मोन ब्यालेन्स’ गर्ने औषधि नि:शुल्क हुनुपर्दछ ।”उनीहरुले भनेका छन् ।

लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्रका विशेषगरी यौन अंग परिवर्तन गरेका समूहहरुको अंग परिवर्तन गरिसकेपछि देखापर्ने समस्या, सङ्क्रमण व्यवस्थापन र जटिलताहरुलाई कसरी सम्बोधन गर्ने भन्ने ध्येयले सो कार्यशाला आयोजना गरिएको संघले जनाएको छ ।

कार्यक्रममा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाका प्रमुख शर्मिला दाहालले सुरक्षित मातृत्व तथा प्रजनन स्वानस्थ्य ऐनमा सबै व्यक्तिहरुका लागि प्रजनन स्वास्थ्य सेवाको प्रावधान राखिएको चर्चा गर्दै ऐनले कसैलाई विभेद नगरेको स्पष्ट पारे ।

उनले भने, “लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको माग ‘हर्मोनल’ सेवा हो, जुन तत्काल नीति नियम नबनाई सञ्चालन गर्ने अवस्था छैन, कुन तहको अस्पताल वा सेवाकेन्द्रमा कसरी सेवा सञ्चालन गर्ने भनेर नियमावलीले बोल्नुपर्छ । यसका लागि समुदायबाट ‘एड्भोकेसी’ पुगेको छैन । नीतिनिर्माण गर्ने तहमा तपाईँहरुबाट सचेतना, वकालत आवश्यक छ । यसमा सरकारको सधै साथ र सहयोग रहने नै छ । साथै यो समुदायभित्रै दुई धार छ । तपाईँहरु मिलेर आउनुस् । एउटा समूह एउटा मुद्दाको पक्षमा हुन्छ अर्कोे समूह विपक्ष । यसबाट सरकारलाई काम गर्न असहज हुन्छ र मिलेर आए समस्या पनि सहज हुन्छ ।”

परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाका प्रमुख दाहाले आफूले लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका समस्यालाई गहिरोसँग बुझेको जानकारी दिँदै स्वास्थ्य र अधिकारको संरक्षणका लागि सधैँ काम गर्ने बताए । उनले भने,“‘हर्मोनल’ सेवा सञ्चालन तत्काल गर्न नसकिए पनि अंग परिवर्तन पछिको सङ्क्रमण र जटिलताहरु सम्बोधन गर्न के गर्न सकिन्छ भनेर परिवार नियोजन संघसँग बसेर थप छलफल भने अवश्य गर्नेछौँ ।”

कार्यक्रममा नेपाल परिवार नियोजन संघका कार्यकारी निर्देशक डा प्रवीण शाक्यले यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायका आ–आफ्ना स्वास्थ्य समस्या रहेको चर्चा गर्दै संघको क्षमताले भ्याएसम्म सहयोग गर्दै आएको, आगामी दिनमा गर्ने र यस्ता सहयोग गर्नु हाम्रो दायित्व रहेको बताए । उनले भने, “तर कतिपय विषयमा स्पष्ट नीति नियमहरु नहँुदा कार्यक्रम सञ्चालनमा व्यवधानहरु आउँछन्, यीनै विभिन्न कारणले संघले ‘हर्मोन क्लिनिक’ सेवालाई सुचारु गर्न सकेन ।”

कार्यकारी निर्देशक डा शाक्यले यौनिक तथा लैंगिक अल्पसङ्ख्यकहरुको मुद्दा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति र प्राविधिकलगायतका साझा मुद्दा रहेको उल्लेख गर्दै यसलाई नीतिगत रुपमै सम्बोधन गर्नुपर्छ भने । उनले भने “नीलहीरा समाज र सहभागीहरुलाई समस्या भोगिरहेका र समाजमा खुलिसकेका सहभागीलाई आफ्ना व्यक्तिगत व्यथाहरुलाई तथ्यांकसहित सन्देशमूलक रुपमा प्रस्तुत गर्दा अझ बढी संवेदनशील हुनसक्ने भनेर सो अनुसार तयारी गरेर सरकारसँग र नीति निर्माण तहमा वकालत गर्न अनुरोध गर्दछु । तथ्यांक र व्यक्तिगत कथाहरुलाई दरिलो रुपमा प्रस्तुत गर्न सकेका कारण गर्भपतनको कानुनले मान्यता प्राप्त गर्न सकेको उदाहरणलाई प्रस्तुत गर्दे सहभागीहरुलाई आफ्ना अधिकारका क्षेत्रमा थप वकालत गर्दछु ।”

कार्यक्रममा नीलहीरा समाजका प्रमुख मनिषा ढकालले अङ्ग परिवर्तनपछि समस्या, सङ्क्रमण र जटिलताहरु आउने र यस्ता समस्या लिएर अस्पताल जाँदा विभेद हुने गरेको गुनासो गरे । उनले भने, “ अंग परिवर्तन गरिसकेपछि समस्या, सङ्क्रमण र जटिलताह देखापर्छ तब हामी सेवाका लागि अस्पताल वा सेवाकेन्द्र जाँदा लाञ्छना र भेद्भावहरु सहनुपर्छ । हामी तपाइहरुकै नागरिक हौँ नागरिककै रुपमा सम्मान र सेवाको अपेक्षा गर्छौं । एउटा महिला वा पुरुषले खुलारुपमा अनुहारको वा शरीरको रौ हटाउने सेवा लिँदा कुनै लाञ्छना र भेद्भावहरु हुन्न तर हाम्रो समुदायले त्यही सेवा लिँदा प्रश्न उठ्छ, र भेद्भाव हुन्छ । तपाइँहरुकै नागरिक हौँ सेवामा भेद्भाव र हेयभाव नगरियोस् ।”

कार्यक्रममा सहभागीले खुलेर आफ्ना भोगााइ प्रस्तुत गर्दै सेवाका लागि विदेश जानुपर्ने बाध्यता रहेको, यसका लागि आर्थिक समस्या रहेको भनाइ प्रस्तुत गरेका थिए । साथै ‘हर्मोन’ खाँदा समस्या होइन, चिकित्सकको ‘प्रेसिप्सन’ विना खाँदा समस्या भएको जनाउँदै यसका बारेमा सरकारले बुझ्न आवश्यक रहेको अनुरोध गरेका थिए । सहभागीहरुले भने, “ऐनामा हेर्दा घृणा हुन्छ, स्वयं आफूसँग, आत्मा र शरीर हेर्दा नमिलेको देख्दा, हामी मरे तुल्य भएर बाँचेका छौँ, हामी देशको नागरिक हौँ, अन्यसरह गर्वले बाँच्ने मन छ । ”

कार्यशालाको अन्तिममा सहभागीहरुले समूह कार्यबाट आएका महत्वपूर्ण मुद्दाहरुलाई उजागर गर्दै परिवार नियोजन संघको अगुवाइमा परिवार कल्याण महाशाखामा चाँडै विस्तृत प्रतिवेदन बुझाउने निर्णय गरेका संघले जनाएको छ ।