२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यमा परिक्रमाका सहभागीलाई घर फर्कन व्यवस्थापन गरिने

अ+ अ-

महोत्तरी । निर्वाचन सुरक्षा प्रयोजनले नेपाल-भारत सीमा क्षेत्रको आवागमन बन्द गरिँदा मिथिला माध्यमिकी परिक्रमाका भारतीय यात्रीलाई घर फर्कन सहज व्यवस्थापन गरिने भएको छ । 

यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा सुरक्षा प्रयोजनले सिमानाकाको आवागमन यही आउने सोमबार (फागुन १८ गते) मध्यरातदेखि बिहीबार (फागुन २१ गते)सम्म बन्द गरिने भए पनि परिक्रमाका भारतीय यात्रीलाई घर फर्कन सहजीकरण गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

परिक्रमामा सहभागी भारतीय यात्रीलाई आउने मंगलबार (फागुन १९ गते) मध्याह्नदेखि बुधबार मध्याह्नसम्म घर फर्कन सिमानाकामा खटिएका सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था मिलाइएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

 सिमानाका बन्द गरिने सो अवधिमा यात्रीलाई फर्कन (भारततिर जान) मात्र सहजीकरण गरिने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । यसअघि निर्वाचनमा सुरक्षा प्रयोजनले सीमा नाका बन्द गरिएपछि भारतीय यात्री कसरी घर फर्कने भन्ने आम चिन्ता व्यक्त गरिएको थियो ।

“भारतीय यात्रीलाई घर फर्कन धनुषाका जयनगर र जटही तथा महोत्तरीका मटिहानी र भिठ्ठामोर मुख्य नाका हुन्, यी नाका भएर फर्कन सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ”, प्रजिअ यादवले भने, “यसका लागि महोत्तरी र धनुषा दुवै जिल्लाका जिल्ला प्रशासन कार्यालयको समन्वयमा व्यवस्था गरिएको छ ।”

यो १५ दिने परिक्रमाका यात्री अन्तिम दिनको रात्रिबासका लागि सोमबार जनकपुर पुग्नेछन् । मङ्गलबार बिहान जनकपुरधामको अन्तर गृह (पञ्चकोसी) परिक्रमा गरेपछि यात्रा सम्पन्न हुनेछ । यसरी मंगलबार मध्याह्नसम्म परिक्रमा सम्पन्न भएपछि बुधबार मध्याह्नसम्म भारतीय यात्रीलाई घर फर्कन सहजीकरणको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । परिक्रमा यात्रामा उल्लेख्य सङ्ख्यामा भारतीय साधुसन्त र सर्वसाधारण सहभागी छन् ।