२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली बीमा कम्पनीहरूको अन्तर्राष्ट्रिय विस्तारका लागि नीतिगत सहजीकरण गर्न आग्रह

अ+ अ-

काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वदेशी बीमा कम्पनीहरू पुँजी संरचना र व्यवस्थापन क्षमताका दृष्टिले सुदृढ बन्दै गएको उल्लेख गर्दै अब अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार गर्न सक्षम अवस्थामा पुगेको बताएका छन्।

कम्पनीको नयाँ केन्द्रीय कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रारम्भिक चरणमा दक्षिण एसिया र अफ्रिकी मुलुकहरूलाई लक्षित गरी सेवा विस्तारको तयारी गर्न सकिने धारणा व्यक्त गरे। त्यसका लागि नियामक निकायबाट आवश्यक नीतिगत तथा प्रक्रियागत सहजीकरण आवश्यक रहने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण का कार्यकारी निर्देशक सुशील देव सुवेदी ले बीमा क्षेत्रको नियामक संस्थाको हैसियतमा स्वदेशी कम्पनीहरूको अन्तर्राष्ट्रिय उपस्थितिलाई प्रोत्साहन गर्ने सोचप्रति सकारात्मक रहेको स्पष्ट पारे। उनले विश्व बजारमा प्रवेशका लागि आवश्यक नीतिगत समर्थन उपलब्ध गराउन प्राधिकरण प्रतिबद्ध रहने संकेत दिए।

नीतिगत सहजीकरण सुदृढ भएमा नेपाली बीमा कम्पनीहरूको सेवा दायरा अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार भई समग्र बीमा बजारको आकार र प्रतिस्पर्धात्मक क्षमता बढ्ने अपेक्षा व्यक्त गरिएको छ।

यसैबीच, कम्पनीले काठमाडौँको पानीपोखरी मा करिब ६० हजार वर्गफुट क्षेत्रफलमा निर्मित नयाँ केन्द्रीय कार्यालय भवनबाट सेवा सञ्चालन सुरु गरेको छ। दुई तहको पार्किङसहित १२ तलाको उक्त भवन औपचारिक रूपमा उद्घाटन गरिएको कम्पनीले जनाएको छ।