२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनका दिन हवाई यात्रुका लागि नि:शुल्क शटल सेवा सुरु गर्दै पर्यटन बोर्ड

अ+ अ-

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनको दिन हवाई यात्रुहरूको आवागमन सहज बनाउन नेपाल पर्यटन बोर्डले नि:शुल्क शटल बस सञ्चालन गर्ने व्यवस्था गरेको छ।

बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने-जाने आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रुहरूलाई लक्षित गरी विमानस्थल र काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय होटेल तथा मुख्य क्षेत्रहरूबीच नियमित शटल सेवा उपलब्ध गराइनेछ। सेवा बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा रहनेछ।

निर्वाचनका दिन सवारी साधन सञ्चालनमा आउन सक्ने अवरोधलाई ध्यानमा राख्दै यात्रुको सुविधा सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ। निर्धारित मार्गअनुसार बसहरू आवतजावत गर्नेछन्।

पहिलो रुट नेपाल वायुसेवा निगमबाट सुरु भई न्युरोड, कान्तिपथ, ठमेल, लैनचौर, मल्ल होटेल, नयाँ बजार, शंकर होटेल, र्‍याडिसन, दरबारमार्ग, याक एन्ड यति, नागपोखरी, गौशाला हुँदै द्वारिका होटेलमार्फत विमानस्थल पुग्नेछ। यस सेवाको समन्वय रामबहादुर नगरकोटीले गर्नेछन् र बा १ प १३७८ नम्बरको बस प्रयोग गरिनेछ।

दोस्रो रुट महाराजगञ्ज चोकबाट नारायणथान, धुम्बाराहीस्थित रामाडा होटेल, चाबहिल, बौद्धस्थित हायात रीजेन्सी, जोरपाटी र गौशाला हुँदै विमानस्थलसम्म सञ्चालन हुनेछ। यस रुटका लागि पवन गिरी सम्पर्क व्यक्ति रहनेछन् भने बा १ प १३२० नम्बरको बस परिचालन गरिनेछ।

तेस्रो रुट कुपण्डोलबाट सुरु भई हिमालयन होटेल, त्रिपुरेश्वर, कलंकी, सोल्टी, एकान्तकुना, सातदोबाटो, ग्वार्कोस्थित रोयल टुलिप, तीनकुने र नयाँ बानेश्वर हुँदै एभरेष्ट होटेलमार्फत विमानस्थल पुग्नेछ। यस सेवाको संयोजन सुरज खड्गुले गर्नेछन् र बा १ प १०८१ नम्बरको बस प्रयोग हुनेछ।

बोर्डका निमित्त निर्देशक सुनिल शर्माले निर्वाचनका दिन यात्रुहरूलाई समयमै गन्तव्यमा पुग्न र सुरक्षित यात्रा सुनिश्चित गर्न उपलब्ध शटल सेवाको उपयोग गर्न आग्रह गरेका छन्।