२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाम्रो संस्कृति संसारकै अनुकरणीय छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको बताएका छन् ।

होली पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत बनाई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

सन्देशमा अध्यक्ष दाहालले भनेका छन्, “यस पर्वले हामी सबैलाई आपसी सद्भाव, भ्रातृत्व एवम् विविध रङ्गको मिश्रणजस्तै एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु ।”

फागुपूर्णिमा (होली) नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वमध्ये महत्वपूर्ण पर्व भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, मौलिक संस्कृति र विविध पर्वका दृष्टिले हामी धेरै सम्पन्न रहेको बताएका छन् ।

“हामी यतिबेला प्रतिनिधि सभा सदस्य निर्वाचनको संघारमा छौँ । गत भदौमा भएको जेनजी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिपछि यही फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ,” अध्यक्ष दाहालले सन्देशमा भनेका छन्, “होली पर्वमा व्यक्त हुने आपसी सद्भाव, भ्रातृत्व र उत्साहझैँ निर्वाचनलाई पनि उत्सवकै रुपमा सम्पन्न गर्न सबैको इमान्दार र सकारात्मक पहल हुने मैले विश्वास लिएको छु ।”