२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निकुञ्जबाट बस्तीमा हात्ती स्मरघटिया र वैशाखा शिविरमा जनधनको क्षति

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जंगली हात्ती पसेर घर भत्काउनुका साथै अन्नपात र गहुँबाली नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

शुक्लाफाँटा नगरपालिका–१२ मरघटिया शिविर र वैशाखा शिविरमा पछिल्ला दिनयता हात्तीको बथानले क्षति पुर्‍याउँदै आएको छ । मरघटिया शिविरकी देवकी राना र उनका श्रीमान् दानसिंह रानाले रातिको समयमा हात्ती घरमै पसेपछि भागेर ज्यान जोगाएका छन् । दुई दिनअघि राति खाना खाएर सुतिरहेका बेला कच्ची घरको भित्तामा ठूलो आवाज आएपछि झस्किएका उनीहरूले बाहिर निस्केर ज्यान जोगाएका थिए ।

“घाँसको बार भत्काएर हात्तीले सुड घरभित्र छिरायो,” देवकीले भनिन् “नभागेको भए के हुन्थ्यो भन्न सकिँदैन ।” उनका अनुसार घरमा भर्खरै भित्राएको दुई बोरा चामल, दश किलो मसुरको दाल र पाँच किलो हल्दी हात्तीले खाएर नष्ट पारेको छ ।

स्थानीयका अनुसार छावा सहितको हात्तीको ठूलो बथान बस्तीमा पसेको थियो । केही हात्ती बस्ती हुँदै निकुञ्ज फर्किए पनि दुई वटा हात्तीले घर भत्काएर अन्नपात सखाप पारेका थिए ।

वैशाखा शिविरमा पनि हात्तीले खेतबालीमा क्षति पुर्‍याएको छ । किसान विखलु चौधरीका अनुसार चार दिनदेखि निरन्तर साँझ पर्नासाथ हात्ती खेतमा पस्ने गरेका छन् । “गहुँमा बाला लाग्न थालेको छ,” उनले भने “तर हात्तीले पाक्न नदिई खाइरहेका छन् ।”

उनका अनुसार आफ्नो दश कठ्ठा जमिनको गहुँबाली नष्ट भएको छ, भने आठजना किसानको झण्डै दुई बिघा क्षेत्रफलमा लगाइएको गहुँ चार दिनमै सखाप भएको छ । हात्ती साँझ नपर्दै खेतमा पसी बिहानपख मात्रै निकुञ्ज फर्किने गरेको स्थानीयले बताएका छन् ।स्थानीय अवज सिंह धामीले हात्ती नियन्त्रणका लागि वडा कार्यालय र निकुञ्ज प्रशासनमा जानकारी गराइएको भए पनि प्रभावकारी पहल नभएको गुनासो गरे । “रातभरि त्रासमै बस्नुपरेको छ,” उनले भने, “कहिले घरमै छिर्छन् भन्ने डर छ ।”

निकुञ्जसँग सटिएका मरघटिया र वैशाखा शिविरमा हरेक वर्ष हात्तीले बालीनाली तथा भौतिक संरचनामा क्षति पुर्‍याउने समस्या दोहोरिने गरेको छ । बाली पाक्ने समयमा हात्तीको आवतजावत झन् बढ्ने गरेको स्थानीयको अनुभव छ ।
बस्तीका अगुवा सुम्ला रानाले वन्यजन्तु संरक्षण आवश्यक भए पनि मानव सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिए। “संरक्षणसँगै सुरक्षाको भरपर्दो व्यवस्था हुनुपर्छ,” उनले भने।

स्थानीयले हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार, सोलार बत्ती, सायरन जडान लगायतको माग गरेका छन् । मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको उनीहरुको भनाइ रहेको छ ।

स्थानीयका अनुसार समयमै प्रभावकारी कदम नचालिए दोहोरिँदै आएका यस्ता घटनाले कुनै पनि बेला ठूलो मानवीय क्षति निम्त्याउन सक्ने जोखिम बढ्दै गएको छ ।