काठमाडौँ । रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी बोकेर गइरहेको सवारी दुर्घटनामा गम्भीर घाइते भएका थप सात जनालाई नेपाली सेनाको हवाई साधनमार्फत काठमाडौँ ल्याइएको छ।
आज (सोमबार) रामेछाप नगरपालिका-२ सिरुबारी क्षेत्रमा जिप दुर्घटना हुँदा तीन महिला र चार पुरुषसहित सात जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित अस्पतालमा ल्याइएको नेपाली सेनाले जनाएको छ ।

निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक दुर्घटनामा पर्दा मतदान अधिकृत डोरप्रसाद घिमिरे र नेपाल प्रहरीका असई आरपी यादवको मृत्यु भएको पुष्टि भएको थियो। घाइतेमध्ये केहीलाई मन्थली अस्पतालमा प्रारम्भिक उपचारपछि काठमाडौँ रिफर गरिएको थियो।
दुर्घटना निर्वाचन लक्षित सामग्री ढुवानीकै क्रममा भएको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







