२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बझाङमा १८३ मतदान केन्द्रमा खटाइयो मतदान सामग्रीसहित कर्मचारी 

अ+ अ-

काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङका अधिकांश मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटाइएको छ । मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार जिल्लाका १८९ मतदान केन्द्र र १३७ मतदान स्थलमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । दुईवटा अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएको छ ।

निर्वाचन कार्यालयले दुर्गम भूगोललाई ध्यानमा राख्दै चरणबद्ध रूपमा सामग्री र जनशक्ति परिचालन गरेको जनाएको छ । हिमाली क्षेत्र पर्ने साइपाल गाउँपालिकाका तीन मतदान स्थलमा शनिबार र दुई मतदान स्थलमा आइतबार नै मतदान सामग्रीसहित कर्मचारी खटाइएको बनेपालीले बताए । अन्य पालिकाका मतदान केन्द्रमा आज सामग्री र जनशक्ति पठाएको छ ।

सदरमुकाम नजिक रहेको जयपृथ्वी नगरपालिकाका ६ मतदान केन्द्रमा भने फागुन २० गते सामग्री र कर्मचारी पठाइने तयारी गरिएको छ । 

निर्वाचनका लागि खटिएका कर्मचारीलाई सम्बन्धित केन्द्रमा पुगेर मतदानपूर्व तयारी पूरा गर्न निर्देशन दिइएको छ । जिल्ला सुरक्षा समितिले पनि मतदानलाई शान्तिपूर्ण बनाउन सुरक्षा रणनीति लागू गरेको जनाएको छ ।

मौसम र भूगोलका चुनौतीबीच पनि तोकिएकै मितिमा मतदान सम्पन्न गराउने लक्ष्यका साथ सम्पूर्ण संयन्त्र परिचालन गरिएको निर्वाचन कार्यालय बझाङले जानकारी दिएको छ ।