काठमाडौँ । चुनाव नहुने भनेर भविष्यवाणी गरेकै आधारमा पक्राउ गरिएका ज्योतिष रुद्रनाथ अधिकारी हिरासतमुक्त भएका छन् । उनलाई हाजिरी जमानीमा छोडिएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अधिकारीलाई सोमबार साँझ चन्द्रागिरिबाट पक्राउ गरेको थियो ।
पक्राउपश्चात उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो । उनी हिजै हाजिरी जमानीमा छुटेको काठमाडौँ प्रहरीले जनाएको छ ।







