२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेशमा मतदान तयारी पुरा

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका निर्वाचन क्षेत्रहरूमा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सबै पूर्वतयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यतालिका अनुसार आवश्यक व्यवस्थापन पूरा भएको जानकारी दिए।

प्रदेशका १६ निर्वाचन क्षेत्रमा २,१९९ मतदान केन्द्र र १,१७६ मतदान स्थलमा मतपत्र, मतपेटिकासहित कर्मचारी सोमबार नै केन्द्रमा पुगिसकेका थिए। केन्द्रस्तरीय तयारीका साथै सर्वदलीय बैठक पनि सम्पन्न भइसकेको भट्टले बताए।

निर्वाचन आयोगले नागरिकलाई भयरहित वातावरणमा मतदान प्रक्रियामा सहभागिता जनाउन आग्रह गरेको छ। सुरक्षा प्रबन्धको जिम्मेवारी प्रदेश प्रहरी कार्यालयले लिएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० पदमबहादुर विष्टका अनुसार केन्द्रीय सुरक्षा योजना अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना संयुक्त रूपमा परिचालित छन्।

एसएसपी विष्टका अनुसार प्रदेशभर सात हजार ९८ जना प्रहरी, १३ हजार ६४७ जना निर्वाचन प्रहरी, पाँच हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाका निमित्त प्रमुख वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले पनि सुरक्षा संयन्त्र पूर्णरूपमा परिचालित भएको जानकारी दिए। नेपाली सेनाको सुदूरपश्चिम पृतनाले पनि मतदान सुरक्षाका लागि सबै क्षेत्रमा सेना परिचालन भइसकेको जनाएको छ।