२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिवर्तनको आशा बोकेर मतदान

अ+ अ-

काठमाडौँ । डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर फर्कँदै गरेकी ९० वर्षीया शान्ता रेग्मीले जीवनमा कति पटक मतदान गरिन् भन्ने ठ्याक्कै सम्झना छैन ।

एउटै कुराको सम्झना भने उनलाई स्पष्ट छ, विगतका चुनावमा मत दिएका धेरै नेताहरू जितेर गए, तर अधिकांशले जनतासँग गरेका वाचा पूरा गर्न सकेनन् । कतिपय त फर्केर पनि आएनन् । “अब त हामी डाँडापारिको घाम जस्तै भइसक्यौँ,” उनले भनिन्, “हामीले दुःख पाए पनि हाम्रो नातिनातिना र छोराछोरीले दुःख नपाउन् भन्ने चाहना छ ।” 

उनकी नातिनी विदेशमा छिन् । रेग्मीलाई लाग्छ देशमै रोजगारीको राम्रो वातावरण भइदिए युवापुस्ता विदेश जान बाध्य हुने थिएनन् । “देशमै काम पाइयो भने किन विदेश बस्नुपर्थ्यो र ?” उनी प्रश्न गछिन् । 

डिल्लीबजारकै अर्का मतदाता गोकुल धितालले भने विगतलाई पूर्ण रूपमा निराशाजनक रूपमा लिएका छैनन् । उनी देशमा केही काम भएको मान्छन्, तर जनताको अपेक्षाअनुसार पर्याप्त भने हुन सकेको छैन । “धेरै पटक मतदान गरियो । विगतमा केही पनि भएन भन्न मिल्दैन,” उनी भन्छन्, “तर हाम्रो अपेक्षा जति छ, त्यति काम भएन ।” उनको विचारमा अहिलेको प्रमुख आवश्यकता सुशासन र रोजगारी हो । 

नयाँ पुस्ता, विशेषगरी ‘जेन जेड’ को अपेक्षा सम्बोधन गर्नुपर्नेमा उनको जोड रहेको छ । “युवाको विश्वास जित्न सके मात्रै देशको भविष्य बलियो हुन्छ,” उनले भने। आज जेन जेड आन्दोलनपछि विशेष परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन भइरहेको छ ।