काठमाडौँ । कञ्चनपुर जिल्लामा दिउँसो २ बजेसम्म कुल मतदाता मध्ये ४२ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा मतदान यस्तो छ:
निर्वाचन क्षेत्र नं १:
कुल मतदाता संख्या १,०१७२४ रहेको यस क्षेत्रमा दिउँसो २ बजेसम्म ४२,९१२ मत खसेको छ। महिला मतदाता २२,५२७ र पुरुष मतदाता २०,३८५ जनाले मतदान गरेका छन्।
निर्वाचन क्षेत्र नं २:
कुल मतदाता संख्या १,०९५७४ रहेको यस क्षेत्रमा ४७,०४५ मत खसेको छ। महिला मतदाता २४,९४५ र पुरुष मतदाता २२,१०० जनाले मतदान गरेका छन्।
निर्वाचन क्षेत्र नं ३:
कुल मतदाता संख्या १,०३,०८७ रहेको यस क्षेत्रमा ४१,६२० मत खसेको छ। महिला मतदाता २२,३२१ र पुरुष मतदाता १९,२९९ जनाले मतदान गरेका छन्।
जिल्लामा कुल ३,१४,३८५ मतदाता रहेका छन् भने अहिलेसम्म कुल १,३१,५७७ मत खसेको छ, जुन कुल मतदाताको करिब ४२ प्रतिशत हो।







