काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएसँगै विभिन्न मतदान केन्द्रमा मतपेटिका सिल गर्ने काम अघि बढाइएको छ।
मतदान सकिएपछि कर्मचारी तथा सुरक्षाकर्मीको उपस्थितिमा मतपेटिका सुरक्षित रूपमा बन्द गरी गणना स्थलतर्फ पठाउने तयारी गरिएको छ।
यसक्रममा रत्नराज्य लक्ष्मी क्याम्पस परिसरमा रहेको बानेश्वर मतदान केन्द्र, काठमाडौँ–१ मा पनि मतदान समाप्त भएसँगै मतपेटिका सिल गरी मतगणना स्थलमा लैजाने प्रक्रिया सुरु गरिएको जनाइएको छ।
निर्वाचन व्यवस्थापनसँग सम्बन्धित कर्मचारी र सुरक्षाकर्मीको निगरानीमा मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य भइरहेको छ।







