२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन भएसँगै देशले निकास पाउने मतदाताको विश्वास

अ+ अ-

काठमाडौँ । “यो चुनाव सफल हुनुपर्छ र देशले निकास पाउनुपर्छ”, काठमाडौँको अनामनगर निवासी वासुदेव गिरीले भने । पञ्चायतकालदेखि काठमाडौँको निर्वाचनमा सहभागी भएको अनुभव सँगालेका उनलाई सुरुमा निर्वाचन होला वा नहोला भन्ने चिन्ता थियो ।

यही चिन्ताका बीच आज बिहान ७ः०० बजेदेखि देशभरका १६५ निर्वाचन क्षेत्रमा उत्साहपूर्वक मतदान भइरहेको सुनेपछि उनी पनि उत्साहित छन् । जारी प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं १ को साविक मिलन विद्या मन्दिर मतदान केन्द्रमा आफ्नी श्रीमतीसहित मतदान गरेपछि ज्येष्ठ नागरिक गिरीले भने, “मुलुकमा शान्ति, अमनचयन, सुशासन र समृद्धि चाहिएको छ । यसका लागि सबै मतदाताले आफ्नो विवेक प्रयोग गरिरहेका छन् । यसले म पनि उत्साहित छु ।”

नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासङ्घका पूर्वअध्यक्ष गिरीले २०४३ सालमा भएको निर्वाचनमा काठमाडौँमा जम्मा दुई निर्वाचन क्षेत्र रहेको बेलादेखि यहाँबाट मतदान गर्दै आएका छन् । त्यस बेला राजनीतिक दलका तर्फबाट उम्मेदवार नभई स्वतन्त्र उम्मेदवार रहने गरेकामा त्यस बेला वीरेन्द्र श्रेष्ठ तथा पद्मरत्न तुलाधर विजयी भएको गिरीको सम्झनामै छ ।

“त्यस बेला र अहिलेको समयमा धेरै बदलाव आइसकेको छ । अहिले दश निर्वाचन क्षेत्र छन् । जनसङ्ख्या पनि धेरै वृद्धि भएको छ । देश विकासको यात्रा अघि बढे पनि अस्थिरता बढेकामा भने चिन्ता लागिरहेको छ”, उनले भने ।

उनी यस पटकको निर्वाचनबाट पनि राजनीतिक स्थिरता कायम भई विकासले थप गति लिने आशामा छन् । “शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको छ । सबै राजनीतिक दल, उम्मेदवार र मतदाताले सौहार्दता अपनाएमा निर्वाचन सफल हुन्छ । अवकाशप्राप्त जीवनमा मेरो त अरु अपेक्षा छैन, देशले निकास पाओस्”, गिरीले भने ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १, अनामनगरस्थित काठमाडौँ महानगरपालिका–२९ मतदान केन्द्रका मतदाता राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले प्रचार गरिए जस्तो मतदानमा ठूलो भिडभाड नदेखिएको प्रतिक्रिया दिए । “मुलुकमा बाध्यात्मक अवस्थामा निर्वाचन भएको छ । स्थिरता, सुशासन र रोजगारीको समस्या जर्जर छ । त्यसैका आधारमा जेन जेड विद्रोह पनि भयो, तर निर्वाचनले ती माग र आवाजलाई पूर्ण रूपमा सम्बोधन हुने गरी परिणाम दिन्छ कि दिन्न भन्ने अन्योल छ ।”,

त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक डा. केसीले नयाँ, पुराना दल र उम्मेदवार जे जे भने पनि जितेर आउनेले इमानदार भएर जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए । उक्त मतदान केन्द्रका मतदान अधिकृत रमेश भट्टराईले मतदाताले उत्साहपूर्वक सहभागिता जनाइरहेको बताए । उनले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, सुत्केरी, गर्भवतीलाई लाइन बस्न नपर्ने गरी प्रबन्ध गरिएको जानकारी दिए ।

काठमाडौँका सबै क्षेत्रमा आज साँझ नै मतपेटिका सङ्कलन भई सर्वदलीय सहमति भएमा आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी रहेको छ । काठमाडौँ निर्वाचन क्षेत्र ४ का निर्वाचन अधिकृत कृष्णा भण्डारीले दिउँसो ३ः३० बजेसम्म उत्साहपूर्वक मतदान भएको जानकारी दिइन्। निर्वाचनमा खटिएका कर्मचारी पनि उत्साहित रहेको जनाउँदै उनले यस क्षेत्रको काठमाडौँ महानगरपालिकाका वडामा भन्दा बुढानीलकण्ठ नगरपालिकाका वडा र स्थलमा बढी मतदान भएको बताइन् ।

निर्वाचन अधिकृत भण्डारीले आफूहरू अधिकांश मतदान स्थलमा स्थलगत अवलोकनमा पनि गएको र बुढानीलकण्ठ नगरपालिकाको जय भद्रकाली मतदान स्थलमा यति बेलासम्म करिव ६० प्रतिशत मतदान भएको जानकारी दिइन् ।

निर्वाचन आयोगले मतदान सम्पन्न भई मतपेटिका सङ्कलन भएपछि गणना सुरु गर्ने र गणना सुरु भएको २४ घण्टाभित्र मत परिणाम आइसक्ने गरी तयारी गरेको छ । आयोगले दुर्गम पहाडी जिल्लाका ६१ स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत र अन्य स्थानको मतपेटिका गाडीबाट सङ्कलन हुने जनाएको छ ।