२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताप्लेजुङका हिमाली क्षेत्रका मतपेटिका भोलि मात्र हेलिकप्टरबाट ल्याइने

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत ताप्लेजुङका हिमाली क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका ल्याउन हेलिकोप्टर जिल्ला सदरमुकाममा आएर तयारी अवस्थामा राखिएको छ । तर हिमाली क्षेत्रमा मौसम प्रतिकूल भएका कारण आज हेलिकप्टर उडान हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार फक्ताङलुङ गाउँपालिकाका दुर्गम बस्तीहरू घुन्सा, याङ्मा, ग्याव्ला र ओलाङचुङगोलाबाट मतपेटिका भोलि बिहान फागुन २२ गते हेलिकोप्टर मार्फत ल्याइने तयारी गरिएको छ । ती स्थानहरू अत्यन्त दुर्गम र हिमाली क्षेत्र भएकाले मतपेटिका स्थलमार्गबाट ल्याउन कठिन हुने भएकाले हवाई माध्यम प्रयोग गर्न लागिएको हो ।

फक्ताङलुङ गाउँपालिका–७ स्थित याङ्मा मतदान केन्द्रमा ६२ जना मतदाता रहेकामा १२ मत खसेको छ । सोही वडाको ओलाङचुङगोलामा २९३ मतदाता रहेकामा ४८ मत खसेको । त्यस्तै फक्ताङलुङ गाउँपालिका–६ को घुन्सा मतदान केन्द्रमा १७३ मतदातामध्ये ८२ मत खसेको छ भने ग्याव्ला मतदान केन्द्रमा ६९ मतदातामध्ये २८ मत खसेको जनाइएको छ । ती क्षेत्रका मतपेटिकहरु हेलिकप्टर मार्फत ल्याउने भएको हो । 

जिल्लाभर भने प्रतिनिधिसभा निर्वाचनमा उत्साहजनक रूपमा मतदान भएको छ । ताप्लेजुङमा कुल ९० हजार ३२७ मतदातामध्ये ५१ प्रतिशत अर्थात् ४६ हजार ४७४ मत खसेको छ ।