काठमाडौँ । लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी छ । यी मध्ये अधिकांश क्षेत्रमा रास्वपाले अग्रता लिइरहेको छ ।
मतगणना सुरु भएका क्षेत्रहरुमा रुपन्देही १, २, ३, ४, र ५, बाँके १, २, ३ कपिलवस्तु–३, दाङ–१, बर्दिया २, रुकुम पूर्व र पाल्पा १ रहेका छन् ।
मतगणना सुरु भएका क्षेत्रमध्ये ९ वटामा रास्वपा अगाडि छ । एमाले २ वटा, काँग्रेस र नेकपा एउटा अगाडि देखिएका छन् ।
बाँकी क्षेत्रमा भने मतगणनाको तयारी भइरहेको छ ।







