काठमाडौँ । ड्युटी नै नगरी तलब–भत्ता लिएको पाइएपछि केही निर्वाचन प्रहरीविरुद्ध अन्य निर्वाचन प्रहरी आन्दोलित भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको कार्यालय अगाडि समान व्यवहार नभएको भन्दै रुकुम पूर्वका निर्वाचन प्रहरीहरूले विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले सबै निर्वाचन प्रहरीलाई समान व्यवहार नगरिएको र केही व्यक्तिलाई ड्युटी नगरी नै तलब–भत्ता उपलब्ध गराइएको आरोप लगाएका छन्।
एक निर्वाचन प्रहरीले दिएको जानकारीअनुसार तीन जना निर्वाचन प्रहरीले ड्युटी नगरी तलब–भत्ता बुझेको जानकारी पाएपछि आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताए।
यता, जिल्ला प्रहरी कार्यालयले भने आन्दोलनरत निर्वाचन प्रहरीसँग छलफल गर्ने कोसिस गरिरहेको छ ।







