महेन्द्रनगर । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा निर्वाचित भएका छन्। बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार झा ४३ हजार ९८८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काँग्रेसका उम्मेदवार विमलेन्द्र निधिले १६ हजार ३४९ मत प्राप्त गरेका छन् । । यस्तै नेकपा (एमाले) की उम्मेदवार जुलीकुमारी महतोले नौ हजार ६९७ मत प्राप्त गरेकी छन् ।
निर्वाचित भएपछि झाले मतदाताले दिएको विश्वासलाई कायम राख्दै क्षेत्रको विकास, सुशासन र जनअपेक्षा पूरा गर्न प्रतिबद्ध रहने प्रतिक्रिया दिए । उजनले निर्वाचनमा साथ दिने मतदाता, समर्थक तथा निर्वाचन प्रक्रियामा खटिएका सम्पूर्णप्रति धन्यवाद व्यक्तसमेत गरे ।







