कालीकोट । कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिए।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा(एमाले)का नगिन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन् । नौ सय ८६ मतान्तरले पछि पार्दै शाही विजयी भएका हुन् ।
नेपाली काँग्रेसका हर्षबहादुर बमले नौ हजार १३३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (माओवादी)का उम्मेदवार खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले दुई हजार ९३७ मत पाए।
नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७, राप्रपाका सूर्यबहादुर शाहीले ५६६ र राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले २६९ मत ल्याए ।
विजयी शाहीले २०७० को दोस्रो संविधान सभा सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री, ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएर कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्री बनेका थिए ।







