२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको हालसम्मको मतगणनामा पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार, काठमाडौँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भइन्। मोरङ–६ मा रास्वपाकी रुविना आर्चायले ५५ हजार ५१३ मत प्राप्त गरेकी छन्। कास्की–३ मा रास्वपाकी बिना गुरुङ ३७ हजार ७५० मतसहित विजयी भइन् भने कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित विजयी भइन्।

दैलेख–१ मा नेपाली कांग्रेसकी बासना थापाले १२ हजार ३७२ मत प्राप्त गरी विजयी भएकी छिन्।

जारी मतगणनामा रास्वपाकी सोविता गौतम (चितवन–३), डा. तोसिमा कार्की (ललितपुर–३), इन्दिरा थापामगर (झापा–२०), निशा डाँगी (झापा–१०), नीतिमा भण्डारी (सर्लाही–१०), आशिका तामाङ (धादिङ–१०), पुष्पाकुमारी चौधरी (सप्तरी–१०) र गौरी कुमारी (महोत्तरी–४) अग्रस्थानमा छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म ४५ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत कुल १६५ निर्वाचन क्षेत्रमध्ये हाल ११८ स्थानमा मतगणना जारी छ।