२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोटाङमा श्रम संस्कृति पार्टीका राई अगाडि

अ+ अ-

खोटाङ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले अग्रता कायम राखेका छन्। आज अपराह्न ४:०० बजेसम्म कूल २८ हजार ८२२ मतगणना हुँदा राईले सात हजार १२२ मत प्राप्त गरेका छन् । 

राईलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवविक्रम राईले पछ्याइ राखेका छन्। उनले पाँच हजार ८४५ प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साथै नेपाली काँग्रेसका वीरकाजी राईले पाँच हजार ५७५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा.हरि रोकाले चार हजार ५८४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले दुई हजार ५५५, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले १५६ मत प्राप्त गरेका छन् । 

कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले ९१, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङले ४४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्र बुढाथोकी ‘शैलेस’ले ९९, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले १७, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईले ३६२, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका प्रयाग राईले ११, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले १२ प्राप्त गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवारहरू डा.राजकुमार राईले २० र तीलकचन्द्र राईले २४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

मतगणना गरिएकामध्ये एक हजार ९०५ मत बदर भएको जनाइएको छ । बदर भएका मतमध्ये अधिकांश एउटै मतपत्रमा दुई वा दुईभन्दा बढी छाप हालेको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ६३ हजार ३५ मत खसेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले बताए। एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा फागुन–२१ गते सम्पन्न निर्वाचनमा ४३ प्रतिशत मात्रै मत खसेको हो ।